काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् ।

मेगा बैंक संचालक समितिको बैठकले खुञ्जेलीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो । उनी  मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् ।

निजी क्षेत्रको बैंकमा महिला व्यवस्थापनको सर्वोच्च तहमा पुगेको यो नै पहिलो घटना हो । 

धेरै वर्षअघि नेपाल बैंक लिमीटेडको महाप्रबन्धकमा महिला नियुक्त भएकी थिइन् । त्यसपछिको  बैकिङ इतिहासमै पहिलोपटक अनुपमाले नेतृत्व हाँक्ने इतिहास बनाएकी हुन् । निजी क्षेत्रको वाणिज्य बैंकको यो स्तरको नेतृत्वमा महिला पुगेको यो नै पहिलो घटना हो । 

बैंकका सीइओ अनिलकेशरी शाहले राजीनामा गरेपछि उनको जिम्मेवारी तत्कालका लागि खुञ्जेलीले सम्हाल्नेछिन् । बैंक संचालक समितिले अनुपमालाई नै फुल सीइओको जिम्मेवारी दिने योजना बनाएको स्रोतले जनाएको छ । 

सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २७ बर्ष बैंकिङ करिअरको अनुभव छ । उनी  स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत रहेकी छिन् ।