काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को भदौ महिनासम्ममा ७ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनीको आधाभन्दा बढी व्यवसाय बागमती प्रदेशमै निर्भर रहेको छ। प्राधिकरणले देशैभरि बीमा जागरण गराई सबै क्षेत्रमा बीमाको पहुँच पुर्याउने उद्देश्य लिए पनि ६८ प्रतिशत निर्जीवन बीमा व्यवसाय बागमती प्रदेशबाट मात्रै हुने गरेको छ।
निर्जीवन बीमा कम्पनीहरुले भदौ मसान्तसम्म बागमती प्रदेशबाट मात्रै ४ अर्ब करोड १३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। त्यस्तै दोस्रोमा लुम्बिनी प्रदेशबाट ६० करोड १ लाख रुपैयाँ प्रिमियम भित्रिएको छ।
यसका साथै कोशी प्रदेशबाट ५८ करोड १५ लाख, मधेश प्रदेशबाट ४७ करोड ३९ लाख, गण्डकी प्रदेशबाट ३७ करोड ११ लाख, सुदुरपश्चिम प्रदेशबाट १४ करोड ५२ लाख र कर्णाली प्रदेशबाट ५ करोड १९ लाख रुपैयाँ प्रिमियम संकलन भएको छ।
त्यस्तै, यता निर्जीवन बीमा कम्पनीहरुको कुल बीमालेखको संख्या भदौ महिनासम्म ४ लाख ९ हजार ८० रहेको छ। सबैभन्दा बढी बागमती प्रदेशमा मात्रै १ लाख ९३ हजार ६७५ रहेको छ। त्यस्तै, लुम्बिनी प्रदेशबाट ६३ हजार २२८, कोशी प्रदेशमा ४८ लाख ६५१, गण्डकी प्रदेशमा ४१ हजार ९२, मधेश प्रदेशमा ३६ हजार ७६९, सुदुरपश्चिम प्रदेशमा १९ हजार ३२ र कर्णाली प्रदेशमा ६ हजार ६३३ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago