काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्ममा करिब सवा ४० अर्ब रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्। 

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ निर्जीवन बीमा कम्पनी र दुई निर्जीवन लघुबीमा कम्पनीले असार मसान्तसम्म ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका हुन्। निर्जीवन बीमा कम्पनीहरुले सर्वाधिक बागमती प्रदेशबाट प्रिमियम कलेक्सन गरेका छन्। बागमती प्रदेशबाट मात्रै १२ लाख ६४ हजार ९८४ बीमालेखबाट २७ अर्ब ६ करोड ३८ लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको छ। 

त्यस्तै दोस्रोमा लुम्बिनी प्रदेशबाट ४ लाख ३२ हजार ४९७ बीमालेख बिक्रीबाट ३ अर्ब ५१ करोड ७२ लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको छ भने तेस्रोमा कोशी प्रदेशबाट ३ लाख ५८ हजार ८३४ बीमालेख बिक्रीबाट ३ अर्ब ४६ करोड ६२ लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको छ।  

यसका साथै मधेश प्रदेशबाट २ लाख ५७ हजार ६८९ बीमालेखमार्फत २ अर्ब ४६ करोड ६४ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट २ लाख ७४ हजार ६३० बीमालेखमार्फत २ अर्ब १५ करोड रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट १ लाख ४१ हजार ७११ बीमालेखमार्फत १ अर्ब ९५ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ६२ हजार १६१ बीमालेखमार्पmत ५३ करोड १९ हजार रुपैयाँ प्रिमियम कलेक्सन भएको छ।