काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च २५ प्रतिशतले वृद्धि भएको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म १४ निर्जीवन बीमा कम्पनीले व्यवस्थापनमा ४ अर्ब ४९ करोड रुपैयाँ खर्च गरेका छन्। अघिल्लो वर्षको यसै अवधिसम्म कम्पनीहरुले व्यवस्थापनमा ३ अर्ब ५७ करोड रुपैयाँमात्रै खर्च गरेका थिए।
बीमा प्राधिकरणले गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिई फोर्स मर्जरको नीति ल्याएको थियो। हाल १४ निर्जीवन बीमा कम्पनीमध्ये ६ कम्पनी (साविक १२ वटा) कम्पनी मर्जरमा गएका कारण पनि व्यवस्थापन खर्च बढ्न पुगेको हो। अधिकांश मर्जरमा सामेल भएका कम्पनीको यस्तो खर्च बढ्न पुगेको विवरणले देखाएको छ।
गत आर्थिक वर्षमा सबैभन्दा बढी व्यवस्थापन खर्च गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ। निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीमध्ये आफूलाई सबैभन्दा अब्बल मान्ने शिखरले गत आर्थिक वर्षको अन्त्यसम्म ६८ करोड ३० लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको छ।
त्यस्तै, दोस्रोमा नेकोले ४७ करोड ३० लाख रुपैयाँ, सलिकोले ४४ करोड ११ लाख रुपैयाँ र हिमालयन एभरेस्टले ४३ करोड रुपैयाँ व्यवस्थापनमा खर्चेका छन्।
कुन कम्पनीले कति खर्च गरे ?
गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार सबैभन्दा बढी व्यवस्थापन खर्च बढ्ने कम्पनीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। यो कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष ९८१ प्रतिशतले खर्च बढाएको छ।
अघिल्लो वर्ष १८ लाख रुपैयाँमात्रै व्यवस्थापनमा खर्च गरेको राष्ट्रिय बीमा कम्पनीले गत वर्ष १ करोड ९४ लाख रुपैयाँ खर्च गरेको छ। वित्तीय विवरणअनुसार यो कम्पनीले गत आर्थिक वर्ष कार्यालय भित्रका सामान, मर्मत सम्भार लगायतका विषयमा खर्च बढाएको देखिन्छ।
दोस्रो बढी खर्च बढाउने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ। कम्पनीले पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष ४५.१८ प्रतिशतले खर्च बढाएको छ।
त्यस्तै प्रभुको २०.७९ प्रतिशत, सलिकोको २०.२८ प्रतिशत, युनाइेट अजोडको १५.३६ प्रतिशत र शिखरको १३.१९ प्रतिशतले बढेको छ।
यसका साथै सानिमा जीआईसी, नेपाल इन्स्योरेन्स र नेसनल इन्स्योरेन्सले भने अघिल्लो वर्षको तुलनामा गत वर्ष व्यवस्थापन खर्च घटाएका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago