काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लुम्बिनी प्रदेशअन्तर्गतका विभिन्न शाखाका प्रमुखहरुलाई एकदिने तालिम प्रदान गरेको छ। 

लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी, रुपन्देही, कपिलवस्तु, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्लाअन्तर्गत विभिन्न शाखामा कार्यरत शाखा प्रमुखहरुलाई एकदिने तालिम दिइएको हो। उनीहरुलाई लघुवित्तमा देखिएका समस्या र चुनौतीका नियामक निकायबाट जारी नीति–नियमको अक्षरस पालन गर्नुपर्ने साथै फिल्ड व्यवस्थापन र ग्राहकमैत्री व्यवहारका बारेमा समेत तालिम दिइएको थियो। 

रुपन्देहीको तिलोत्तमा सम्पन्न तालिम सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणमा केन्द्रित थियो। 

तालिम संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दनदेव पन्त, विभागीय प्रमुख, प्रादेशिक प्रमुख र कार्यक्रम अधिकृतलगायत २१ जना शाखा प्रमुखको उपस्थितिमा भएको थियो। तालिममा आर्थिक वर्ष २०८०–८१को योजना तर्जुमा समेत गरिएको थियो।