काठमाण्डौ । नबिल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा इला शर्मा नियुक्त भएकी छन् ।

बैंकको सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले शर्मालाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । शर्माले सोमबारबाट पद बहाल गरेकी छन् ।

शर्मा निर्वाचन आयोगकी पूर्वआयुक्त हुन् । निर्वाचनमा आयोगमा ६ वर्षे कार्यकाल सकेर केही समयअघि मात्र उनले अवकाश पाएकी थिइन् ।