काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ करोड ९२ लाख रुपैयाँ घाटा व्यहोरेको छ।
संस्थाको बुधबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा २२९.०९ प्रतिशतले घाटा व्यहोर्नुपरेको हो। गत वर्ष यही अवधिमा संस्थाले २१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन घाटा १८१.७३ प्रतिशतले बढेर २७ करोड ९२ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा संस्थाले सञ्चालन मुनाफाबापत ३४ करोड १७ लाख रुपैयाँ आर्जन गरेको थियो।
प्रथम त्रैमासमा संस्थाले खुद ब्याज आम्दानीबापत ४३ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा ४५ करोड ८८ लाख रुपैयाँ थियो।
संस्थाले समीक्षा अवधिमा १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ११ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
संस्थाको रिजर्भको आकार १.११ प्रतिशतले घटेर २ अर्ब २७ करोड रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भको आकार २ अर्ब २९ करोड रुपैयाँको थियो।
संस्थाको निष्क्रिय कर्जा उल्लेख्य रुपमा वृद्धि भएर १२.८९ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको निष्क्रिय कर्जा १.३० प्रतिशतमा सीमित थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १८.६२ रुपैयाँले ऋणात्मक रहेको छ। संस्थाको प्रतिसेयर नेटवर्थ २५१.६२ रुपैयाँ रहेको छ।
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago
4 months ago