काठमाण्डौ । हाल एस डेभलपमेन्ट बैंकलाई खरीदको सम्झौता गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७२/७३ मा खूद नाफातर्फ अघिल्लो आबको तुलनामा ३१.८२ प्रतिशतको प्रगति हासिल गरेको छ । 

आइतबार सार्वजनिक बित्तीय विवरण अनुसार यो बैंकले आर्थिक वर्ष २०७२/७३ मा २ अर्ब ५९ करोड रुपैयाँ नाफा गरेको देखिएको छ । आर्थिक वर्ष २०७१/७२ मा बैंकको नाफा १ अर्ब ९७ करोड थियो । 

बैंकको खूद ब्याज आम्दानीतर्फ समेत राम्रो प्रगति भएको देखिएको छ । २ अर्ब ९८ करोडको ब्याज आम्दानीलाई बैंकले ०७२/७३ मा बढाएर ३ अर्ब ९५ करोड पुर्याएको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापूँजी ७ अर्ब २५ करोड रुपैयाँ रहेको छ भने सञ्चित कोषमा १० अर्ब ६२ करोड रुपैयाँ छ । 

इन्भेष्टमेन्ट बैंकले १ अर्ब ८ अर्ब निक्षेप संकलन गरी ८७ अर्ब कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ९० अर्ब ६३ करोड निक्षेप संकलन गरी ६७.६९ अब कर्जा प्रवाह गरेको थियो । 

बैंकले निस्क्रिय कर्जा दरलाई पनि घटाएको छ । १.२५ प्रतिशत रहेको निस्क्रिय कर्जा यो वर्ष घटेर ०.६८ प्रतिशतमा आइपुगेको हो । सीडी रेसियो ७५.७४ प्रतिशतमा पुगेको छ । 

बैंकले प्रति सेयर आम्दानीमा गत वर्षको ३१.०७ रुपैयाँलाई बढाएर ३५.८२ पुर्याएको छ भने प्रतिशेयर नेटवर्थ समेत १५४.८१ रुपैयाँबाट बढेर २४६.३८ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात(पीइ रेसियो) २९.०३ रहेको छ ।