काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ६५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा ४.०२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ७२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। 

यो अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय १८ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिसम्म तुलनामा २२.०७ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिसम्म यस्तो आय १५ करोड ४५ लाख रुपैयाँ गरेको थियो। 

चौथो त्रैमाससम्म कम्पनीले पुनर्बीमा कमिसन आयतबापत ३६ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आय ३१ करोड २ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिसम्म कम्पनीले ८७ करोड १४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा ०.१४ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ८७ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च ७.१८ प्रतिशतले बढेर ४७ करोड ३० लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म व्यवस्थापन खर्च ४४ करोड १३ लाख रुपैयाँ रहेको थियो।

चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा ५५ करोड ३१ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको तुलनामा १.५२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म ५४ करोड ४८ लाख रुपैयाँ रहेको थियो। 

यो अवधिसम्म कम्पनीको बीमा कोषको आकार बढेर १ अर्ब ६३ करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा १ अर्ब ३५ करोड रुपैयाँको थियो। जगेडा तथा कोषको आकार भने २.६९ प्रतिशतले घटेर ४९ करोड १३ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जगेडामा ५० करोड ४९ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म कम्पनीले २ लाख ९७ हजार १५४ वटा बीमालेख जारी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ लाख ९८ हजार ८२० वटा बीमा लेखा जारी गरेको थियो। 

कम्पनीको वार्षिकीकृत ईपीएस २७.४९ रुपैयाँ, पीई रेसियो ३२.४२ गुणा र प्रतिसेयर नेटवर्थ २१०.७९ रुपैयाँ रहेको छ।