काठमाण्डौ ।

-सूचना  प्रविधिमा नेपालभन्दा निकै अगाडि भारतमा केही दिनअघि त्यहाँका ३६ लाख एटीएम तथा क्रेडिट कार्ड तथा सोही संख्याको बैंक अकाउण्टहरुमा एकसाथ अहिलेसम्मकै सबैभन्दा ठूलो साइबर आक्रमण भयो । 

-ह्याकरहरुको समूहले साइबर आक्रमण गरी केही महिनाअघि जापानको सयौं एटीएमबाट केही मिनेटको अवधिमा अरबौं रकम चट् पार्यो । 

विकसित र ठूला देशहरुमा एटीएम कार्डको साहारामा बैंक अकाउण्ट ह्याक गर्ने र अरबौ रकम चोरी गर्ने गिरोह सक्रिए भएसँगै ती देशका आधिकारिक निकायले सजगता पनि सोही स्तरमा अपनाउन थालेका छन् । सजगता अपनाएपछि ती ठाउँबाट निरुत्साहित अन्तराष्ट्रिय ह्याकरहरुको समूह कम विकसित देशहरुमा केन्द्रीत भएका छन् । 

पछिल्लो समय अन्तर्राष्ट्रिय ह्याकरहरुको समूहले नेपालका हजारौं बैंक अकाउण्टलाई समेत निशाना बनाएका पाइएको छ । केही समयअघि अर्काको एटीएमको पिन नम्बर चोरी गरी  खाताबाट रकम  निकालको अभियोगमा  केही विदेशी ह्याकर पक्राउ परेको घटना सेलाउन नपाउँदै त्यस्तै कार्यमा संलग्न ती रोमानियाली नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सिआइबीलले पुनः पक्राउ गरेको छ । उनीहरुको पक्राउसँगै अन्तराष्टिय ह्याकरहरुको ठूलै गिरोह नेपालको बैंक अकाउण्ट ह्याक गर्न सक्रिय रहेको डरलाग्दो तथ्य सार्वजनिक भएको छ । 

प्रहरीका अनुार तीन रोमानियाली नागरिकहरु घिता, इयोसिस र एलेक्सलाई ठमेलबाट पक्राउ परेका हुन् । उनीहरुले अन्य ब्यक्तिको पिन नम्बर चोरी गरी बैंकबाट पैसा निकाल्ने गरेको आरोप लागेको छ । इन्भेष्टमेन्ट बैंकबाट निकालिएको रकम शंकास्पद देखिएपछि बैंकले प्रहरीलाई खवर गरेको थियो । अनुसन्धानपछि तीन अभियुक्तलाई पक्राउ गर्न सफल भएको सिआइवी प्रमुख डिआइजी नवराज सिलवालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अभियुक्तहरुले इन्भेष्टमेन्ट बैंकबाट एकैचरणमा १० पटकभन्दा बढी रकम निकालेको देखिएपछि इन्भेष्टमेन्ट बैंक सजग भएको थियो ।

उनीहरुको साथबाट ३ लाख नेपाली रुपैयाँ, १० हजार युरो र ४७० फिलिपिनी मुद्रा बरामद गरिएको छ । त्यस्तै उनीहरुबाट हिडन क्यामरा र एटिएमको डाटा चोरी गर्ने उपकरणहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

भारतमा त्यहाँका बैंक अकाउण्ट असुरक्षित हुँदा केन्द्रीय बैंक र सम्बन्धित बैंकहरुले समेत जनस्तरमा  सूसुचित गराएका थिए । तर नेपालका पटक पटक बैंक अकाउण्टमा ह्याकरहरुको आक्रमण भइरहँदा समेत न केन्द्रीय बैंकले सो बिषयमा बोलेको छ, न त अन्य बैंकहरुले नै । सानातिना ह्याकर भनेर उनीहरुलाई बेवास्ता गरिए भोलि प्रविधिको कमजोरी पत्ता लगाई एकसाथ सर्वसाधारणको अकाउण्टबाट अरबौ रुपैयाँ चोरिनसक्ने  अवस्था रहेको जानकार बताउँछन् ।

यसरी बचौं ह्याकरबाट

एटीएम ठगीमा ह्याकर्सहरुले तपाईंको पिनको डिटेल र कार्ड नम्बर समेत चोरी गर्ने गर्छन । त्यस्तै ठगीलाई सफल बनाउन त्यस्ता गिरोह नयाँ–नयाँ  तरिका समेत अपनाइरहेका हुन्छन् । यस्तो अवस्थामा तपाईंले केही आधुनिक विधि र तरिकाको बिषयमा अपडेट हुन अत्यावश्यक हुन्छ । यस्ता विधि अपनाएर तपाईं ठगीबाट बच्न सक्नुहुन्छ । 

एटीएममा यसरी हुन्छ ठगी


अन्तराष्टिय क्षेत्रका बैंक विज्ञका अनुसार ह्याकरहरुले डाटा चोरी गर्नका लागि कार्ड स्किमिंग, गोप्य क्यामेरा, नक्कली किबोर्डसँगै शोल्डर सर्फर्स जस्ता नयाँ तरिका समेत अपनाउने गर्छन । यस्तो अवस्थामा प्रयोगकर्ताको डाटा चोरी गर्नका लागि हरेक संभव क्षेत्रमा ह्याकरले डिभाइस लगाएर ह्याकिंग गर्ने कोशिश गरिरहेका हुन्छन् । यदि प्रयोगकर्ता सचेत हुने हो भने यस्ता एटीएम काउण्टर प्रयोग गर्नबाट उनीहरु  बच्न सक्छन । यो उपायबाट उनीहरु ठगीबाट बच्न सक्छन् । 

कार्ड स्किमिङ यसरी गर्नुहोस्


तपाईले एटीएममा जहाँ आफ्नो कार्ड घोट्नुहुन्छ, त्यहाँ ह्याकरले कार्ड रिडर लगाएका हुनसक्छन् । यस्तो अवस्थामा तपाई जब कार्डलाई घोट्नुहुन्छ, तब कार्डको डिटेल ह्याकरसम्म पुग्नसक्छ । यो प्रोसेसलाई कार्ड स्किमिङ भनिन्छ । 

जुन मेसिनबाट कार्ड स्किमिङ हुन्छ, त्यहाँ कार्ड रिडरको स्पेस निकै चौडा हुने गरेको पाइएको छ । अर्थात, त्यो सामान्य स्पेसको तुलनामा निकै ठूलो हुन्छ । यस्तो अवस्थामा जब तपाईं एटीएम कार्ड एटीएम मसिनमा घोट्नुहुन्छ वा छिराउनुहुन्छ, सो बेला यो कुरालाई निकै ध्यान दिनुपर्ने हुन्छ । 

गोप्य क्यामेराबाट पिन चोरी हुनसक्छ


ह्याकरले एटीएम पिन वा पासवर्ड चोर्न कयौं पटक एटीएम मेसिनमा हिडेन(गोप्य) क्यामेरा लगाउँछन । यो क्यामेरा स्क्रीनको ठीक माथिल्लो भागमा लगाइएको हुन्छ । यस्तो अवस्थामा  पिन लगाउने क्रममै तपाईंको डाटा चोरी  हुनसक्छ । त्यसकारण एटीएम प्रयोग गर्ने क्रममा यी कुरालाई विशेष ध्यान दिनुहोस् । स्क्रीनमाथि कुनै सानो प्वाल वा छिद्र पो छ कि भन्ने कुरा एटीएम प्रयोग गर्ने क्रममा ध्यान दिनुहोस् । यदि त्यस्तो प्वाल वा छिद्र देख्नुभयो भने त्यहाँ हिडेन(गोप्य) क्यामेरा लगाइएको हुनसक्छ । ह्याकरहरुले यो कामका लागि निकै सानो छिद्रको समेत प्रयोग गरिरहेका हुनसक्छन् । यस्तो अवस्थामा यो कुरामा  विशेष ध्यान दिन आवश्यक छ । 

यसरी चिन्नुहोस् नक्कली किबोर्ड


ह्याकरहरुले एटीएममा नक्कली किबोर्डको समेत प्रयोग गरिरहेका छन् । यस्तो किबोर्डबाट उनीहरुले तपाईको पिन नम्बर पत्ता लगाउन सक्छन् । यस्तो किबोर्ड उनीहरुले एटीएममा पहिलादेखि लगाइएको सक्कली किबोर्ड माथि लगाउँछन । जुन एटीएममा यस्तो किबोर्ड लगाइएको हुन्छ, त्यो एटीएम प्रयोग गर्नुुअघि तपाईंले जाँच गर्न सक्नुहुन्छ । यस्तो किबोर्ड प्रयोग गर्ने क्रममा निकै नरम हुन्छ । जबकि एटीएमको सक्कली किबोर्ड धेरै नरम हुँदैन । 

स्क्रीन नै हुनसक्छ ह्याक !


कतिपय अवस्थामा ह्याकरहरुले एटीएम सफ्टवेयरलाई ह्याक गरी स्क्रीनमा भ्रामक म्यासेज  पठाउन थाल्छन् । यस्तो अवस्थामा प्रयोगकर्ताले स्क्रीनमा आएको म्यासेज अनुसार कमाण्ड दिन थाल्छन् । यो प्रक्रियामास्क्रीनमा दुई दुईपटकसम्म पिन कोड टाइप गर्ने अप्सन आउँछ । यदि एटीएम प्रयोग गर्ने समयमा यस्तो अप्सन आयो भने तपाई सचेत हुनुपर्छ । साथै, यस्तो एटीएम प्रयोग गर्नबाट पनि सक्दो बच्नुहोस् ।