काठमाण्डौ । देवः विकास बैंकले नेपालगञ्जको पुष्पलाल चौक र कोहलपुर नगरपालिकाको बैंकरोड क्षेत्रमा आफ्ना २ शाखा स्थापना गरी संचालनमा ल्याएको छ ।

बैंकले  नेपालगञ्ज उपमहानगरपालिकाको पुष्पलाल चोकमा आयोजित एक समारोह बीच नेपालगञ्ज शाखा कार्यालयको उद्घाटन गरेको हो ।  नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणाले सो शाखाको उद्घाटन गरेका थिए । 

यस्तै, कोहलपुर नगरपालिकाको बैंकरोडमा बुधबार नै आयोजित अर्को समारोहमा देवःविकास बैंक  लिमीटेड बाँके जिल्लामा संचालित कोहलपुर शाखा कार्यालयको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले उद्घाटन गरे ।

ती दुवै कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष प्रा.डा.सुवर्णलाल बज्राचार्य, संचालक विजयराज शर्मा भुषाल लगायतको सहभागिता थियो ।  कार्यक्रममा केन्द्रीय बैंकको क्षेत्रीय प्रतिनिधि, स्थानीय व्यापारी व्यवसायी तथा सर्वसाधारणको समेत सहभागिता थियो ।