काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय रुपैयाँ (भारु)सम्बन्धी विभिन्न व्यवस्था गरेको छ।
राष्ट्र बैंकले आज वित्तीय चेतनाका लागि एउटा सूचना सार्वजनिक गर्दै भारुसँग सम्बन्धित व्यवस्थाहरुबारे अवगत गराएको हो।
केन्द्रीय बैंकका अनुसार नेपालमा भारु १०० दरभन्दा ठूला दलका नोट साथमा राख्न, ओसरपसार गर्न र कारोबार गर्न प्रतिबिन्धत छ।
यसैगरी भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजारबराबरको भारु (१०० वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन/लैजान सकिन्छ भने योभन्दा बढी रकम भन्सारमा घोषणा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
भारत भ्रमणका लागि नगद भारु २५ हजारसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ। भारत भ्रमणमा जाने नेपाली नागरिकले भारु २५ हजारसम्मको यस्तो सटही सुविधा मनिचेन्जरबाट पनि लिन सक्ने व्यवस्था गरिएको छ।
कारोबारका अन्य माध्यम जस्तै ड्राफ्ट, टीटी, कार्डमार्फत अस्पतालको भुक्तानी आदिमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago