काठमाण्डौ । नेपाल कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबीच बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअन्तर्गत देशभर रहेका संघका सदस्यता प्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाका विपन्न तथा साना किसान सदस्यहरुलाई म्यादी जीवन बीमा सेवा प्रदान गर्ने योजना रहेको छ। म्यादी बीमा एक प्रकारको लागत प्रभावी जीवन बीमा योजना हो। यस योजनाअन्तर्गत बीमितको मृत्यु भएमा बीमांक बरावर रकम प्रदान गरिनेछ।
संघले आफ्नो स्थापनाकालदेखि नै ग्रामीण गरिबी न्यूनीकरण र समावेशीकरणका लागि आफनो सदस्यहरुको क्षमता वृद्धि गरी असल अभ्यासका साथ समाजिक पुँजीको विकास गर्न उत्पे्ररणा गर्ने नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ। संघले विविध कार्यक्रममार्फत आफ्नो सदस्य संस्थाहरुलाई कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न, व्यावसायिक योजना तथा रणनीतिक योजना बनाउन सहयोग पुयाई गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको छ।
हाल संघबाट नेपालको ७७ जिल्लामा १ हजार २०० भन्दा बढी संस्थामा आवद्ध १२ लाखभन्दा बढी साना किसान परिवारहरुले सेवा लिइरहेका छन्।
सानिमा रिलायन्स लाइफ साबिक रिलायन्स लाइफ र सानिमा लाइफ आपसमा गाभिएर बनेको कम्पनी हो। कम्पनीले हाल विविध योजनामार्फत देशभर रहेको आफ्ना १७५ शाखा सञ्जालमार्फत १० लाखभन्दा बढी ग्राहकसमक्ष आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ।
यस योजनामार्फत देशभर छरिएर रहेका विपन्न तथा साना किसान सदस्यलाई बीमाको परिधिभित्र समावेश गर्न कोशेढुंगा साबित हुने विश्वास लिइएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19