काठमाण्डौ । नेपाल बैंक लिमिटेडको प्रवक्ता तथा प्रमुख सूचना अधिकारीको जिम्मेवारी प्रकाशकुमार अधिकारीलाई प्रदान गरिएको छ । 

बैंकको हालैको निर्णयानुसार कायम मुकायम सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीलाई उक्त जिम्मेवारी दिइएको हो । वि.सं २०६१ मा उपप्रबन्धक पदबाट नेपाल बैंक सेवा प्रवेश गरेका अधिकारीसँग बैकका विभिन्न शाखा तथा विभाग सम्हालेको अनुभव छ । 

अधिकारीले व्यवस्थापन तथा जनप्रशासन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । 

यसअघि बैकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज वरालले उक्त जिम्मेवारी सम्हाल्दै आएका थिए।