काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.बीच सोमबार विप्रेषण कारोबार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ । 

सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा नेपाल रेमिट इटरनेशनल प्रा. लि.को विप्रेषण कारोबार सेवा प्रदान गर्न सक्नेछन् । 

सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट डिपोजिट प्रमुख सुवास भट्टराई र नेपाल रेमिट इटरनेशनलप्रा. लिको तर्फबाट कार्यकारी निर्देशक सुमित मित्तलले हस्ताक्षर गरेका थिए ।