काठमाण्डौ । नेपाल बैङ्क लिमिटेडले प्रदेश नम्बर २ बारा जिल्लाको चैनपुरमा संचालित नेपाल राष्ट्रिय प्रा.वि.लाई रु ५० लाख आर्थिक सहयोग प्रदान गरेको छ । 

गत चैतमा आएको हावाहुरीबाट क्षतिग्रस्त उक्त विद्यालयको २ तले ६ कोठाको भवन निर्माण निम्ति बैकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपलव्ध गराईएको उक्त रकमको चेक शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोख्रेलको समुपस्थितिमा विद्यालय प्रांगणमा आयोजित एक समारोहका वीच नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम ठाकुर र विद्यालयका प्रधानाध्यापक मदनप्रसाद कुर्मीलाई हस्तान्तरण गरे ।

सो अवसरमा प्रमुख अतिथि मन्त्री पोख्रेलले देश बनाउने थलोको रुपमा रहेको विद्यालयलाई आर्थिक सहयोग गरेर नेपाल बैकले सराहनीय कार्य गरेको वताउंदै सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सबैले ध्यान पुर्याउनुपर्ने बताए । 

सो अवसरमा नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले देशको अगुवा नेपाल बैक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व वहनको सिलसिलामा यस विद्यालयलाई आर्थिक सहयोग निम्ति छानेको वताउंदै बैकद्वारा प्रदान गरिएको सहयोग पूर्ण सदुपयोग भई यस विद्यालयका वालवालिकाको पठनपाठनमा सहजता आउने विश्वास प्रकट गरे ।