काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको लिमिटेडको एकीकृत कारोबार भोलि सोमबारदेखि सुरु हुने भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति गरेपछि एकीकृत कारोबार गर्न लागेको हो । नेपाल इन्भेष्टमेन्ट बैंकले जेबिल्स फाइनान्सलाई १००:३३ कित्ता अनुपातमा गाभेको हो। यसको अर्थ जेविल्स फाइनान्सको १०० कित्ता सेयर हुनेहरुले इन्भेष्टमेन्ट बैंकमा संस्था गाभिएपछि बैंकको बढीमा ३३ कित्ता सेयर पाउनेछन् ।
डिडिए रिपोर्टका आधारमा तय भएको स्वाप रेसियोअनुसार जेबिल्स फाइनान्सको शेयर पूँजी २६ करोड ५२ लाख रुपैयाँमा झर्ने छ। नेपाल इन्भेष्टमेन्ट बैंकको हालको शेयर पूँजी १२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ।
प्राप्तिअघि जेबिल्स फाइनान्सको हाल चुक्तापूँजी ८० करोड बढी रहेको थियो भने नेपाल इन्भेष्टमेन्ट बैंकको १२ अर्ब ५८ करोड रहेको थियो । प्राप्तिपछि इन्भेष्टमेन्ट बैंकको चुक्तापूँजी १३ अर्ब ३८ करोड माथि पुगेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago