काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा सोमबार एक कार्यक्रमका बीच नेपाल प्रहरीको विद्यालय सम्पर्क प्रहरीे टोलीलाई ११५ थान ज्याकेट प्रदान गरेको छ । 

ती ज्याकेट सिभिल बैंकका नायब प्रमुखकार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले महानगरीय प्रहरी परिसर, सामुदायिक शाखा काठमाण्डौंका प्रमुख प्र.ना.उ.राजेन्द्र पोखरेललाई हस्तान्तरण गरेका थिए । 

नेपाल प्रहरीले समाजमा हुने विभिन्न अपराध न्युनिकरणका लागि सामुदायिक स्तरमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ र सोही कार्यक्रमअन्तर्गत विभिन्न विद्यालय क्षेत्रहरुमा संचालित विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न विद्यालय सम्पर्क प्रहरीे टोलीलाई ११५ थान ज्याकेट हस्तान्तरण गरेको बताइएको छ ।