काठमाण्डौ । नेपाल बैक लिमिटेडले बैकिङ पहुंच विस्तार गर्ने क्रममा पाल्पा, गुल्मी, नवलपरासी (पश्चिम) र काश्कीमा शाखा, काउन्टर तथा एटिएम आउटलेट एकसाथ विस्तार गरेको छ ।

यसै क्रममा प्रदेश नम्बर ५ पाल्पा जिल्लाको छहरामा स्थापित नेपाल बैक लिमिटेड छहरा शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवी नेपाल र नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले संयुुक्त रुपमा समुद्घाटन गर्नुभयो । कार्यक्रममा गभर्नर नेपालले आर्थिक कारोबार गर्दा विचार पु¥याएर, तमसूक तथा कागजातहरु राम्ररी पढेर सचेत भई गरेमा बैंकसंगको सम्बन्ध सुमधुर हुने र आफू पनि ठगिनु नपर्ने हुंदा बैंकसंग कारोबार गर्दा नेपाल राष्ट्र बैंकको नीति, निर्देशन तथा बैंकको नीति आदिलाई पनि ख्याल गर्नुपर्नेतर्फ सबै सेवाग्राहीको ध्यानाकर्षण गर्दै कारोबार बैंकसंग नै गर्नुपर्ने कुरामा जोड दिनुभयोे । उहाँले जनताको घर दैलोमा नै सरकारको बैक आएकोले यसका सेवाहरु पुर्ण रुपमा सदुपयोग गरी लाभान्वित हुन स्थानीय जनसमुदायलाई आग्रह गर्नुभयो।

नेपाल बैक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले कृषि पर्यटन लघु उद्यम आदीका क्षेत्रमा लगानी बढाउन यस स्थानमा  आएको वताउंदै बैकसंग कारोवार गरि आर्थिक समृध्दि हासिल गर्न स्थानीय जनतासंग आग्रह गर्नुभयो ।

उक्त समारोहमा प्रदेश सांसद क्षेत्र नम्वर २ पाल्पाका तुलाराम घर्ति, नेपाल बैक लिमिटेड प्रदेश ५ प्रादेशिक कार्यालयका प्रमुख पासांग दोर्जी शेर्पा ,रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्की, रेडियो मूक्तिनाथका स्टेशन म्यानेजर तथा पत्रकार भुवन रायमाझी, रैनादेवी छहरा गाउँपालिकाका प्रवक्ता तथा वार्र्ड नं ४ का वार्ड अध्यक्ष विष्णु पोख्रेल, रैनादेवी छहरा गाउँपालिकाका प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, समाजसेवी यम बहादुर बुढा ,बैक कर्मचारी सरिता क्षेत्री लगायतले मन्तव्य दिनुभएको थियो ।

नेपाल बैंक लिमिटेड छहरा शाखाका शाखा प्रबन्धक प्रकाश रानाको सभापतित्व एवं बैकको पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरेको संचालनमा सम्पन्न उक्त कार्यक्रममा छहरा मोडल स्कुलका विद्यार्थीले नेवैली गीतको सांगितिक प्रस्तुती दिएका थिए । स्थानीयको सहभागितामा सांझ अबेरसम्म सांस्कृतिक कार्यक्रमका बीच बैक आगमनको खुशियाली मनाईएको थियो ।

सोही दिन नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ मा स्थापित शाखाको नेपाल बैक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र पाल्हीनन्दन गाउँपाालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ताले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियो । शाखा प्रवन्धक विनोद कुमार गुप्ताको सभापतित्वमा संचालित उक्त समारोहमा नेपाल बैक लिमिटेड प्रदेश ५, प्रादेशिक कार्यालय प्रमुख पासांग दोर्जी शेर्पा , स्थानीय गा.पा.का प्रशासकीय अधिकृत दुर्गा पौडेललगायतका वक्ताले मन्तव्य दिनुभएको थियो ।

यसैगरी गुल्मीको चन्द्रकोटमा पुनस्र्थापित नेपाल बैक लिमिटेड शान्तिपुर शाखाकोे नेपाल बैक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले संयुक्त रुपमा समुद्घाटन गर्नुभयो । 

यसैगरि एक अर्को समारोहका बीच पाल्पाको भुसालडांडास्थित युनाइटेड मिसन हस्पिटल परिसरमा स्थापित नेपाल बैक लिमिटेड पाल्पा शाखाको एक्सटेन्सन काउन्टरको नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरन्जिवी नेपाल र नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले संयुुक्त रुपमा समुद्घाटन गर्नुभयो । 

नेपाल बैक लिमिटेड पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमूख अशोक कूमार शाही, बगनासकाली गाउंपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, तानसेन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राम प्रसाद बस्याल, वडा सदस्यहरु ,नेपाल पत्रकार महासंघ, पाल्पाका अध्यक्ष राजेश कूमार अर्याल ,मिसन हस्पिटल युनियनका प्रतिनिधिहरु बैंकका बरिष्ट सहायक तेज बहादुर गहतराज लगायतले बैक सेवाका विविध पक्षमा प्रकाश पार्नु भएको थियो । सोही दिन उक्त काउन्टरमा स्थानीय ग्राहकले बैकमा खाता खोली रु १० लाख बरावरको रकम जम्मा गरेका थिए ।

यसअघि गण्डकी प्रदेशको पोखरा महानगरपालिका वडा नम्बर १५ वन विज्ञान अध्ययन संस्थान परिसरमा स्थापित नेपाल बैक लिमिटेड पृथ्वीचोक शाखाको एक्सटेन्सन काउन्टर र एटिएम आउटलेटको नेवैलि गण्डकी प्रदेश ,प्रादेशिक कार्यालय प्रमुख विनय केशरी पौड्याल र वन विज्ञान अध्ययन संस्थानका प्रमुख भरत महतोले संयुक्त रुपमा समुद्घाटन गर्नुभयो ।

नेपाल बैक लिमिटेड पृथ्वीचोक शाखा प्रवन्धक निलुजा श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समारोहमा अध्ययन संस्थानका प्राध्यापक कर्मचारी विद्यार्थी, विभिन्न संघ संस्थाका प्रमुख, स्थानीय उद्यमी व्यवसायी तथा जनसाधारणको उपस्थिति थियो ।