काठमाण्डौ । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले अधिकारीलाई ४ बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो। बैंकका डेपुटी सीइओ रहेका अधिकारी प्रमुख कार्यकारीबाट देवेन्द्रप्रताप शाह अवकास भएपछि कामु सीइओ बनेका थिए। उनले ६ महिनादेखि बैंकको नेतृत्व गर्दै आएका थिए।

२०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गरेका अधिकारीले १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै सीईओ बनेका हुन् । बैंकको सिइओका लागि १४ जनाले आवेदन दिएका थिए।

अधिकारीले अन्तिम छनौटमा शेषरमण आचार्य र शंकरकुमार रायमाझी पछि परे।

अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट एमबिए हुन् भने पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए गरेका छन् ।

नेपाल बैंकमा सिइओको मासिक तलब ३ लाख रुपैयाँ हुन्छ।