काठमाण्डौ । नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा नियुक्त भएका अनुज अग्रवालले आज बुधबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजिवी नेपालबाट पद तथा गोपनियताको शपथ ग्रहण गरे ।
सो अवसरमा नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर चिन्तामणि सिवाकोटा, कार्यकारी निर्देशक देव कुमार ढकाल निर्देशक गोविन्दनागिला समेतको उपस्थिति रहेको थियो । त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट संचालक चन्द्र प्रसाद ढकाल, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव इश्वर बन्धु गौतमकोउपस्थिति रहेको थियो ।
बैंकको संचालक समितिमा नेपाल सरकारबाट मनोनीत रामशरण पुडासैनी छन् भने अनुज अग्रवाल, चन्द्र प्रसाद ढकाल र लालमणि जोशी हालै सम्पन्न बैंकको प्रथम वार्षिक साधारण सभाबाट संचालकमा निर्विरोध निर्वाचित भएका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19