काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झाले साउन १ गतेबाट विदा लिने भएका छन् ।
उनले संचालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल सफलतापूर्वक पूरा गरी साउन १ गतेबाट नेपाल लाइफबाट विदा लिन लागेका हुन् ।
नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाको कार्यकाल सबै सूचकाङ्कमा उत्कृष्ट बन्दै जीवन बीमाको क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल भयो ।
'सदैव आफ्ना सहकर्मी कर्मचारीहरुलाई आफ्नो मूल शक्ति मान्ने र अभिकर्ताहरुलाई प्रगतिको साझेदारको रुपमा सम्मान गर्नुहुने झाले अभिकर्ताहरुको लगनशीलता, बीमितहरुको विश्वास, कर्मचारीहरुको साथ, शेयर धनीहरुको अटुट विश्वास, संचालक समितिको मार्गनिर्देशन र नियमनकारी निकाय बीमा समितिको सहयोगले नै कम्पनीले यो उचाइ कायम गर्न सकेकाले अभिकर्ता, बीमित, कर्मचारी, शेयर धनी, संचालक समिति तथा बीमा समितिलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गर्नु भयो ।'-नेपाल लाइफले उनको विदाईको सम्बन्धमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विदाईको क्रममा झाले हालसम्म करिब २६ प्रतिशत नागरिकको पहुँच रहेको बीमा क्षेत्रले देशैभरीका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पुर्याउन नेपाल लाइफले अझै विश्वासिलो ढंगले उत्कृष्ट सेवा निरन्तर पस्किदै जाने विश्वास व्यक्त गरेका थिए । त्यसका लागि आवश्यकता अनुसार आफ्नो तर्फबाट सदैव योगदान गर्न तत्पर रहेको पनि झाले बताएका थिए ।
सो अवसरमा संचालक समितिका अध्यक्ष गोविन्दलाल संघईले सिइओ झाको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै धन्यवादका साथै कृतज्ञता व्यक्त गरेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago