काठमाण्डौ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

संस्थाको आज सार्वजनिक वित्तीय विवरणअनुसार यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १३२.७१ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ६१ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन घाटा ४ करोड ८० लाख रुपैयाँ रहेको छ। गत वर्ष पनि सञ्चाल घाटा ५ करोड ९ लाख रुपैयाँ रहेको थियो। 

यो अवधिमा संस्थाले खुद ब्याज आम्दानीबापत ३ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यस्तो आम्दानी १ करोड २६ लाख रुपैयाँ रहेको थियो।

संस्थाले ७५ करोड ९ लाख रुपैयाँ सापटी लिई ८८ करोड ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ६३ करोड १२ लाख रुपैयाँ सापटी लिई ७८ करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको रिजर्भको आकार ६०.६३ प्रतिशतले बढेर ३ करोड ७७ लाख रुपैयाँको उचाइमा पुगेको । गत वर्ष रिजर्भको आकार २ करोड ३५ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ५०.०८ रुपैयाँ पुगेको छ। पीई रेसियो १४.३८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १६६.०६ रुपैयाँ पुगेको छ।