काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा डोकेको छ।

बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित बैंकको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट अनलाइन माध्यमबाट हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १५.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

सोही सभाले संस्थापक र सर्वसाधारण समूहबाट ३÷३ जना सञ्चालकको निर्वाचन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले यही कात्तिक १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।