काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो २८ औँ वार्षिक साधारणसभा डोकेको छ।

बैंक सञ्चालक समितिले आउँदो पुस २० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५.३१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३.५ प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।

सोही सभाले अन्य उपयुक्त देखिएका बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पारित गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले आउँदो पुस ७ गतेदेखि पुस २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यो बैंक लाभांश पाउन र सभामा भाग लिन योग्य हुन पुस ६ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ।