काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को १४ औँ वार्षिक साधारणसभा (एजीएम) आज चैत २४ गते डाकिएको छ।
सभा काठमाण्डौको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि घोषित लाभांश अनुमोदन गर्नेछ।
कम्पनीले गत आर्थिक वर्षका लागि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमा २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) छन्।
नेपाल टेलिकमले पहिलोपटक बोनस सेयर दिने घोषणा गरेको छ। यसअघि कम्पनीले नगद लाभांशमात्रै दिँदै आएको थियो।
सभाले बोनस सेयर जारी पनि कम्पनीको जारी तथा चुक्ताँपुजी १८ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले गत चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गरेको थियो। यसको अर्थ चैत १० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19