 
                     
                                
                             
                                    काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा वीरकृष्ण महर्जन नियुक्त भएका छन्।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई सीईओमा नियुक्त गरेको हो। उनको नियुक्ति बुधबारदेखि नै लागू भएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ।
यसअघि सीईओ विजयबहादुर शाहको चारवर्षे कार्यकाल गत साउन ९ गते सकिएको थियो। त्यहीबेलादेखि कम्पनी सीईओविहीन बनेको थियो।
कम्पनीले झन्डै ११ महिनापछि सीईओ पाएको हो।
यसअघि महर्जन प्रुडेन्सियल इन्स्योरेन्समा सीईओ थिए।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19