काठमाडौँ । नेपाल इन्स्योरेन्सले १ शेयर बराबर १ अनुपातमा हकप्रद निष्काशन गरेको छ । आजबाट निष्काशन विक्री खुला गरिएको इन्स्योरेन्स कम्पनीमा चैत्र २२ गते सम्म कायम शेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन सक्ने बताइएको छ । इन्स्योरेन्सले प्रतिशेयर रु एक सय अंकित दरका ३० लाख १९ हजार ८ सय ८६ दशमलव १ कित्ता शेयर बिक्री गर्न लागेको हो । हाल कायम शेयरधनीले आगामी जेठ ८ गतेसम्म हकप्रदका लागि आवदेन दिन सक्नेछन् । 
 
शेयरधनीले कम्पनीको शेयर रजिष्टार एनआइबील एस क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाटका साथै शाखा कार्यालयहरु लालदरबार, लगनखेल, पोखरा, बीरगंज बुटबल र विराटनगरबाट आवेदन गर्न सक्नेछन् ।  यसका साथै नेपाल इन्स्योरेन्सका सम्पूर्ण कार्यालयबाट समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । यसैगरी केन्द्रीय निक्षेप प्रणालीमा आवद्ध भएका सबै शेयरधनीले घरमा नै बसीबसी आवेदन दिन सक्ने बताइएको छ । हकप्रद पछि कम्पनीको चुक्ता पूँजी ६० करोड ३९ लाख ७७ हजार पुग्नेछ ।