काठमाण्डौ । देशको सबैभन्दा पुरानो बैंक ‘नेपाल बैंक’को रोजाईमा म्युचुअल फण्ड र लघुवित्त कम्पनीहरु पर्ने गरेका छन् । 

यो बैंकले सेयर बजारमा लगानी गर्दा म्युचुअल फण्ड र लघुवित्तलाई प्राथमिकतामा राख्ने गरेको एक तथ्याङ्कले देखाएको हो । 

नेपाल बैंकले आर्थिक वर्ष २०७५–७६ देखि आर्थिक वर्ष २०७९–८० सम्म सेयरमा गरेको लगानीको अवस्था हेर्दा उसको रोजाईमा विभिन्न कम्पनीद्वारा सञ्चालित म्युचुअल फण्डका स्किम र लघुवित्त कम्पनीहरु पर्ने गरेका छन् ।

बैंकले यो अवधिमा सबैभन्दा ठूलो लगानी अवसर इक्वीटी डाइभर्सिफाइड फण्डमा गरेको देखिन्छ । यसको प्रमोटर सेयरमा बैंकले ७८ करोड लगानी गरेको छ । अवसर इक्वीटी नेपालकै पहिलो मौलिक इक्वीटी तथा भेञ्चर क्याटिल फण्ड हो । यो लगानी आर्थिक वर्ष २०७९–८० मा गरिएको हो । 

यसबाहेक कम्पनीले आ.ब. २०७५–७६ मै नेपाल इन्स्योरेन्स कम्पनी लिमीटेडको हकप्रद सेयरमा ६ करोड २ लाख १९ हजार ८०० गरेको देखिन्छ भने आ.ब. २०७६–७७ मा सबैभन्दा बढी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ मा रु. १० करोड लगानी गरेको थियो । 

आ.ब. २०७७–७८ मा बैंकले नागरिक लगानीकोषको प्रमोटरतर्फको राइट सेयर खरीद गर्दा ३ करोड ८८ लाख बढी खर्च गरेको देखिन्छ । 

आ.ब. २०७८–७९ मा चाहिँ बैंकले सबैभन्दा बढी लगानी हिमालयन रि–इन्स्योरेन्सको प्रमोटर सेयर खरीदमा गरेको देखिन्छ । बैंकले सो कम्पनीको ५० करोड रुपैयाँको संस्थापक सेयर खरीद गरेको हो । 

सोही आ.ब.मा एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको ३५ करोड र कुमारी धनवृद्धि योजनाका २५ करोड बढीको इकाई बैंकले खरीद गरेको देखिन्छ । 

बैंकले आर्थिक वर्ष २०७६–७७ मा नेपाल ग्रामीण विकास लघुवित्त, आरएमडिसी लघुवित्त, एनएमबी–५० म्युचुअल फण्ड, सनराइज फ्रस्ट म्युचुअल फण्ड लगायतका स्क्रिप्टहरुमा लगानी गरेको थियो । 

आ.ब. २०७७–७८ मा बैंकको रोजाईमा नागरिक लगानी कोष, सानिमा लार्ज क्याप फण्ड, कुमारी इक्वीटी फण्ड, सनराइज ब्लुचिप फण्ड, एनआइबिएल समृद्धि फण्ड–२, प्रभू सेलेक्ट फण्ड लगानीको रोजाईमा परे । 

आ.ब. २०७८–७९ मा चाहिँ बैंकको रोजाईमा आरबीबी म्युचुअल फण्ड–१, हिमालयन रि–इन्स्योरेन्स, मेगा म्युचुअल फण्ड–१, नवील ब्यालेन्स्ड फण्ड–३, एनएमबी उर्जा डिवेञ्चर, एनआइसी एशिया फ्लेक्सी फण्ड, कुमारी धनवृद्धि योजना, डिप्रोक्स लघुवित्त, आरएमडिसी लघुवित्त, साना किसान विकास बैंक, इक्रा नेपाल, नेपाल क्लियरिङ हाउस, नेपाल लाइफ इन्स्योरेन्स लगायतमा लगानी गरेको छ । 

आ.ब. २०७९–८० मा बैंकले सेयर खरीदमा ध्यान नदिएको देखिन्छ । तर, यो अवधिमा बैंकलाई विभिन्न कम्पनीको बोनस सेयर प्राप्त भएको विवरणमा उल्लेख छ । 

यो अवधिमा बैंकले सेयरमा गरेको लगानीको सूची यस्तो छः