Nepal Bank and Krishna Adhikari
काठमाण्डौ । कृष्णबहादुर अधिकारीले नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा पहिलो कार्यकाल लगभग पूरा गरेका छन् । उनको पहिलो कार्यकाल पूरा हुँदै गर्दा बैंकको प्रमुख वित्तीय सूचकहरुमा पनि आमूल परिवर्तन र प्रगति भएको देखिन्छ ।
कामू सीइओको रुपमा नेपाल बैंक प्रवेश गरेका उनलाई केही महिनापछि प्रमुख कार्यकारी अधिकृतकै जिम्मेवारी आइलाग्यो । उनले बैंकको कमान सम्हाल्न थालेदेखि नेपाल बैंकले प्रमुख वित्तीय सूचकहरुमा निकै राम्रो प्रगति गरेको देखिएको हो ।
वि.सं. २०७५ साउन १ गतेदेखि २०८० असार मसान्तसम्म अर्थात ५ वर्षभित्रमा बैंकहरुले विशेष उपलब्धि हासिल गरेको छ ।
सेयरधनीको धन अभिवृद्धि गर्दै निक्षेपकर्ताको तरलता हित संरक्षणमा केन्द्रीत बैंकले सेयरधनीको २३ वर्ष लामो प्रतिक्षालाई न्याय गर्दै पहिलोपटक २०७५–७६ देखि नगद लाभांश र बोनस सेयर वितरण थाल्यो ।
त्यसपछि भने लाभांश वितरणको क्रमले निरन्तरता पाइरहेको छ । आ.ब. २०७५/७६ का लागि बैंकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश(कुल २५ प्रतिशत), आ.ब. ०७६/७७ मा १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश(कुल १६ प्रतिशत), ०७७/७८ मा १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कुल १७ प्रतिशत), ०७८/७९ मा २ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश(कुल १२ प्रतिशत) लाभांश वितरण गरेको छ। यसरी बैंकले ४ आर्थिक वर्षमा ४३ प्रतिशत बोनस सेयर र २७ प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गरिसकेको छ ।
आर्थिक वर्ष २०७९–८० का लागि समेत बैंकले मन्दीको बाबजुद सन्तोषजनक लाभांश वितरण गर्ने अवस्था बनाएको छ ।
तोकिएको समयभित्र साधारणसभा
नियामक राष्ट्रबैंकको निर्देशन पालनामा पनि बैंक अगाडि देखिएको छ । समयमै साधारणसभा सम्पन्न गर्ने हकमा समेत नेपाल बैंकले आफूलाई अनुशासित बनाएको छ । अझ अधिकारीले बैंकको कमान सम्हालेपछि साधारणसभा समयमै सम्पन्न गर्ने क्रम पनि सुरुवात भएको देखिन्छ ।
उदाहरणका लागि आर्थिक वर्ष ०७४–७५ को साधारणसभा २०७६ बैशाख २२ गते मात्र सम्पन्न भएको थियो ।
तर, ०७५–७६ को साधारणसभा २०७६ पुस २५ गते सम्पन्न भयो भने आ.ब. २०७६–७७ को ०७७ पुस २९ गते, ०७७–७८ को २०७८ पुस २ गते तथा २०७८–७९ को २०७९ पुस २९ गते साधारणसभाहरु सम्पन्न भएका थिए ।
कर्जा तथा लगानी गुणस्तरमा पनि नेपाल बैंकले आफूलाई सुधार गरेको देखिन्छ । यहीकारण २०७८ बैशाखमा इक्रा नेपालले बैंकलाई ‘ए’ रेटिङ दिएको छ । यसले नेपाल बैंक लगानी तथा निक्षेपको कोणबाट सुरक्षित रहेको देखाउँछ ।
मुख्य वित्तीय सूचक कस्ता थिए, कस्ता भए ?
समय बित्दै जाँदा नेपाल बैंकले मुख्य वित्तीय सूचकहरुमा आफूलाई लगातार सुधार गर्दै गएको देखिन्छ । सेयर क्यापिटल, रिजर्भ र सरप्लस, कुल सम्पत्ति, निक्षेप, कर्जा, नाफा लगायतका सूचकमा लगातार प्रगति भएको देखिन्छ ।
त्यति मात्र होइन, कर्मचारी संख्यामा पनि उल्लेख्य वृद्धि भएको देखिन्छ । यसले बैंकले वित्तीय सूचकमा आफूलाई बलियो मात्र बनाएको नभई रोजगारीका अवसरहरु सिर्जनामा समेत उत्तिकै भूमिका निर्वाह गरेको देखिन्छ ।
बैंकको वित्तीय स्वास्थ्य र सामाजिक प्रतिष्ठामा व्यापक सुधार गर्ने उद्देश्यले कृष्णबहादुर अधिकारीले नेतृत्व सम्हालेपछि निकै ठूलो नीतिगत छलाङ मारेको समेत देखिन्छ । यो क्रममा संस्थामा व्यापक सुधारको अभियान चलाएका अधिकारीले ५ वर्षे कार्यकालमा ५२ वटा पोलिसीहरु बनाएर लागू गरेका थिए । ती पोलिसीहरुको सूची यस्तो छः
राज्यकोषमा उस्तै सपोर्ट
नेपाल बैंकले आफूले विजिनेश गरेर सेयरधनीलाई रिटर्न, रोजगारीको अवसर सिर्जना मात्र गरेन, पछिल्लो ५ वर्षको अवधिमा राज्यकोषमा आफ्नो योगदान समेत लगातार बढायो।
आर्थिक वर्ष २०७४–७५ मा १ अर्ब ४१ करोड बढी कर तथा राजश्व सरकारी ढुकुटीमा जम्मा गरेको यो बैंकले आ.ब. २०७८–७९ मा २ अर्ब ६८ करोड बढीको योगदान गरेको छ ।
नेटवर्थमा पनि उस्तै छलाङ
बैंकका सेयरधनीले लगानी गरेको नाफा कमाई वितरण नगरिएको नियामक निकायले तोकेको तथा स्वतन्त्र रुपमा सिर्जना गरिएको कोषसहितको रकमलाई नेटवर्थ भनिन्छ । यो दृष्टिकोणबाट हेर्दा नेपाल बैंकमा अधिकारी नेतृत्वको कार्यकाललाई स्वर्णकाल पनि भन्न सकिन्छ । कारण यो पाँचवर्षको अवधिमा बैंकको नेटवर्थ निकै राम्रो भएको छ ।
उदाहरणका लागि आ.ब. २०७४–७५ मा बैंकको खूद धन २२ अर्ब ९७ करोड थियो । २०७८–७९ मा बढेर ३५ अर्ब ४६ करोडको उचाईमा पुगेको छ ।
आधुनिक बैंकिङमा पनि प्रगति
सरकारी बैंक भन्नेबित्तिकै पुरानो ढर्रामा चलेका संस्था भनेर धेरैले अपव्याख्या गर्न सक्लान् । तर, नेपाल बैंकको हकमा भने त्यो लागू हुनेछैन । कारण अधिकारीले नेतृत्व सम्हालेपछि आधुनिक बैंकिङ निकै मजबुत बनेको देखिन्छ ।
जस्तो २०७५ असार अन्तिमसम्म नेपाल बैंकमा १ लाख ३१ हजार ५९० मोवाइल बैंकिङ प्रयोगकर्ता थिए, २०८० असार अन्तिमसम्म त्यो संख्या बढेर ७ लाख २६ हजार १५१ पुगेको छ ।
इ–बैंकिङ प्रयोगकर्ता बढेर १५ हजार ८६४, अनलाइनबाट खाता खोल्नेको संख्या ७ हजार ९३२, क्यूआर मर्चेन्टको संख्या ८ हजार ९८६ बाट बढेर तीन वर्षमै २३ हजार ९३८ पुगेको छ ।
डिम्याट खाता खोल्नेको संख्या तीन वर्षअघिको ५३ हजारबाट बढेर अहिले ८७ हजार माथि पुगेको छ ।
वित्तीय पहुँच
वित्तीय पहुँच विस्तारमा पनि अधिकारी नेतृत्वको टिमले उल्लेख्य काम गरेको देखिन्छ । जस्तो २०७५ असारसम्म बैंकको शाखा संख्या १३९ रहेकोमा अहिले बढेर २२८ वटा पुगेको छ ।
विस्तारित काउण्टर २०७५ मा ९ रहेकोमा अहिले बढेर ५४, एटीएमको संख्या ५६ बाट २०३ पुर्याएको नेपाल बैंक हाल ७१ वटा जिल्लामा बिस्तार भइसकेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago