काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले एकैदिन दुई वटा शाखा कार्यालय विस्तार गरेको छ ।
कम्पनीले सोमबार विरगञ्ज र हेटौंडामा नयाँ शाखा कार्यालय उद्घाटन गरेको हो । कम्पनीले देशका विभिन्न क्षेत्रमा लघुबीमा सेवा पुर्याउने अभिप्रायले शाखा कार्यालयहरु विस्तार गर्दै आइरहेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्र रिमालले रिबन काटेर दुईवटा शाखा कार्यालय उद्घाटन गरेका हुन् । ‘सानो इन्स्योरेन्स ठूलो केयर’ भन्ने मूल अभिप्रायका साथ कम्पनीले शाखा कार्यालय विस्तार गरिरहेको छ ।
उक्त शाखा कार्यालयहरुबाट निर्जीवन लघुबीमाका सेवाहरु प्रदान हुने कम्पनीले जनाएको छ । सीमान्तकृत वर्ग, कर्मचारी तथा मजदूरहरुमा कम्पनीले सहज ढंगबाट निर्जीवन लघुबीमाको सेवा प्रदान गर्नेमा सीईओ रिमालल बताए ।उनले आवश्यकताअनुसार शाखा विस्तारमा जोड दिने पनि बताए ।
हालसम्म कम्पनीले केन्द्रीय कार्यालयसहित ७ वटा शाखा कार्यालयबाट निर्जीवन लघुबीमाको सेवा दिंदै आइरहेको छ । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्सको प्रदेशगत कार्यालय काठमाण्डौ र शाखा कार्यालहरु बनेपा, इटहरी, नेपालगञ्ज, विरगञ्ज र हेटौंडाबाट सेवा दिंदै आइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago