काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/०८१ कोे पहिलो त्रैमाससम्ममा उल्लेखनीय प्रगति गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा १०.२५ प्रतिशतको बृद्धि भएकोे छ । आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले उत्साहप्रद व्यवसाय गरेको छ ।
यस त्रैमासको अन्त्यसम्ममा कम्पनीको जगेडा तथा कोषमा करिब ७९.३३ करोड रुपैयाँ रहेको छ जुन अघिल्लो आवको अन्त्यसम्मको आधारमा २१.८१ प्रतिशतले बढी हो ।
कम्पनीको महाबिपत्ती कोषमा १०२ करोड रुपैयाँ रहेको छ जुन गत आर्थिक वर्षको अन्त्यसम्मको तुलनामा १.५७ प्रतिशतले बढी हो । कम्पनीको लगानी ५.३९ प्रतिशतले बढेको छ । असोज मसान्तसम्म कम्पनीले १७९ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेको छ ।
कम्पनीको भुक्तानी हुन बाँकी दावी उलेख्य रूपमा घटेको छ । गत आवको अन्त्यमा करिब १ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी दावी वापत व्यवस्था गरिएकोमा चालू आवको पहिलो त्रैमासमा ३९.३५ प्रतिशतले घटेर ८३.९१ करोड रुपैयाँ रहेको छ ।
कम्पनीले असोज मसान्तसम्ममा १० अर्ब ९३ करोड कुल बीमाशुल्क आर्जन गरेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा ८.७२ प्रतिशतले बढी हो । यसैगरी कम्पनीले उक्त अवधिसम्ममा १ अर्ब ५८ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ जुन समिक्षा अवधिको तुलनामा १३.७९ प्रतिशतले बढी हो ।
८ अर्ब २० करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी ७.७ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १२४.७२ रुपैयाँ, मूल्य अनुपात आम्दानी ८३.१४ गुणा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य २ हजार ३०७ रुपैयाँ रहेको छ ।
सूचना प्रविधिको विकासलाई अंगिकार गर्दै अनलाइन माध्यमबाट नै दाबी भुक्तानी गर्ने प्रणालीको विकास गरि कार्यान्वयनमा ल्याइसकेकोले आगामी दिनमा दावी भुक्तानी प्रक्रिया झन् सरल हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19