काठमाण्डौ ।नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।

गत मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १०.५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ३.७५ प्रतिशत बोनस सेयर र करप्रयोजनसहित ६.८० प्रतिशत नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।