काठमाण्डौ । साता कारोबारको अन्तिम दिन बिहीबार सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ ।

नेप्से परिसूचक ११.७३ अंकले बढेर १ हजार ८५२ विन्दुमा पुगेको छ । नेप्सेमा रहेका १३ उपसमूहमध्ये आज व्यापार उपसूचक बाहेकका सबै उपसमूहहरुमा हरियाली छाएको छ । बीमा समूहका दुई वटै उपसूचक बृद्धि भएका छन् । जीवन बीमा उपसमूह ०.०८ प्रतिशत र निर्जीवन बीमा उपसमूह २.११ प्रतिशतले बृद्धि भएको छ । 

बीमा उससमूहहरु चम्किदा आज सर्वाधिक सेयरभाउ बढ्ने बीमा कम्पनीमा नेपाल इन्स्योरेन्स छ । कम्पनीको सेयरभाउ ४.९९ प्रतिशतले बृद्धि भई ८२९ रुपैयाँ पुगेको छ । 

त्यस्तै, एनएलजीको ३.७२ प्रतिशत, सानिमा जीआईसीको ३.६३ प्रतिशत, युनाइटेड अजोडको ३.३९ प्रतिशत, हिमालयन एभरेष्टको ३.१६ प्रतिशत, नेको इन्स्योरेन्सको ३.१३ प्रतितश, प्रभु इन्स्योरेन्सको ३.०७ प्रतिशत, सुर्यज्योति लाइफको २.१५ प्रतितश, आइजीआई प्रुडेन्सियलको १.८७ प्रतिशत, नेशनल लाइफको १.७७ प्रतिशतले सेयरभाउ बढेको छ । 

यसैगरी,सिद्धार्थ प्रिमियरको १.१४ प्रतिशत, सानिमा रिलायन्सको १.०८ प्रतिशत, नेपाल लाइफको ०.६२ प्रतिशत र शिखरको ०.५४ प्रतिशतले सेयरभाउ बढेको छ । 
आज बीमा उपसमूहहरु बृद्धि भएपनि प्रिमियममा आईपीओ जारी गरेको चार जीवन बीमा कम्पनीसहित ८ कम्पनीको सेयरभाउ घटेको छ ।  यो दिन सर्वाधिक गुमाउने कम्पनीमा सिटिजन लाइफ इन्स्योरेन्स छ । कम्पनीको आज २.९० प्रतिशतले घटेर सेयरभाउ ४६८ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, सन नेपाल लाइफको १.९६ प्रतिशत, हिमालयन लाइफको ०.५१ प्रतिशत, नेपाल रिइन्स्योरेन्सको ०.४० प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३७ प्रतिशत, एलआइसी नेपालको ०.३६ प्रतिशत, एसियन लाइफको ०.१६ प्रतिशत र आइएमई लाइफको ०.१५ प्रतिशतले सेयरभाउ घटेको छ । आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा ५ वटा बीमा कम्पनी परेका छन् ।

सर्वाधिक सिटिजन लाइफको ९ करोड ५४ लाख, रिलायबल नेपाल लाइफको ७ करोड ९१ लाख, नेपाल इन्स्योरेन्सको ७ करोड ८९ लाख, सानिमा जीआईसीको ६ करोड ९९ लाख र सन नेपाल लाइफको ६ करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।