काठमाण्डौ । देशकै पहिलो बैंक, नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा तिलकराज पाण्डेय नियुक्त भएका छन् । 

बैंक सञ्चालक समितिको शुक्रबारको बैठकले पाण्डेयलाई आगामी चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको हो । 

पाण्डेयलाई सीईओ बनाउनका लागि अर्थमन्त्रीले बैंक सञ्चालक समितिको सदस्यमा अर्थमन्त्रालयको प्रतिनिधि परिवर्तन गरी उत्तरकुमारी खत्रीलाई पठाएका थिए । खत्रीकै जोडबल र प्रस्तावमा पाण्डेयलाई सीईओमा नियुक्त गर्ने निर्ण गरिएको हो । 

सीईओका लागि खुल्ला दरखास्त आह्वान गरिएकोमा १९ जनाले आवेदन दिएका थिए । ती १९ मध्ये पाण्डेयसँगै ५ जनाको नाम सिफारिस समितिले सर्टलिस्ट गरेको थियो । सर्टलिस्टमा परेका ५ मध्ये ४ लाई पन्छाएर सीईओ बन्न पाण्डेय सफल भएका हुन् । 

पाँच सर्टलिस्टेडमा पाण्डेयसँगै अशोककुमार पौडेल, ध्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट थिए । बैंकको निमित्त सीईओको रुपमा कार्यरत समता पन्त भट्टलाई बलियो दाबेदारको रुपमा लिइएको थियो । 

उनी सीईओको रुपमा नियुक्त हुँदा नेपाल बैंकको पहिलो महिला सीईओको गर्विलो इतिहास पनि बन्थ्यो । तर, सो अवसर गुमेको छ ।