काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दामोदर भण्डारी नियुक्त भएका छन् । 

कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम भण्डारीलाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंखरकुमार रायमाझीको कार्यकाल गत पुस ११ मा समाप्त भएको थियो । 

नवनियुक्त निमित्त सीईओ दामोदर भण्डारी कम्पनीको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।