काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

सार्वजनि वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ७ अर्ब ५२ करोड रुपैयाँ बढी खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब ५० करोड र जीवन व्यवसायबाट २ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हो। 

जुन अघिल्लो वर्ष सोही अवधिसम्मको तुलनामा ३०.१२ प्रतिशतले कम हो। अघिल्लो वर्ष अवधिसम्म कम्पनीले निर्जीवन व्यवसाय र जीवन बीम व्यवसायबाट गरेर कुल १० अर्ब ७६ करोड बढी बीमाश्ुल्क आर्जन गरेकको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको निर्जीवन र जीवन व्यवसायबाट गरेर कुल लगानी, कर्जा तथा अन्यबाट हुने आय ४७ करोड ५१ लाख रुपैयाँ रहेको छ। यस्तो आवको सोहि अवधिमा यो रकम ४९ करोड ९८ लाख रुपैयाँ रहेको थियो। जुन गत वर्षको तुलनामा ४.९४ प्रतिशतले कम हो । 

त्यस्तै कम्पनीले समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ४.६२ प्रतिशतले बढेको छ ।  निर्जीवन र जीवन व्यवसायमा गरी कुल ६ अर्ब ४४ करोड रुपैयाँ खुद दाबीभुक्तानी गरेको छ। जुन गत वर्ष ६ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो। 

चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । निर्जीवन व्यवसायबाट ९१ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने जीवन व्यवस्थाबाट १७ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आवको सोहि समिक्षा अवधिमा कम्पनीले ६७ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  यसरी कम्पनीले चौथो त्रैमासको अन्त्यसम्ममा अघिल्लो आवको तुलनामा ३७.३६ प्रतिशत बढी मुनाफा आर्जन गरेको छ । 

कम्पनीको जगेडा कोषको आकार निर्जीवन व्यवसायमा ३ अर्ब ४३ करोड रुपैयाँ र जीवन व्यवसायमा ७१ करोड १९ लाख रुपैयाँ गरी कुल ४ अर्ब १४ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म निर्जीवन र जीवन व्यवसायमा गरी जगेडामा कुल ६ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो। 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.५० रुपैयाँ रहेको छ। यस्तै पीई अनुपात ८६.४,प्रतिसेयर नेटवर्थ १५९.५९ र प्रति सेयर कुल सम्पत्तिको मूल्य २१८.८१ रुपैयाँ रहेको छ ।