काठमाण्डौ । पछिल्लो समय लगातार उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक साताको दोश्रो दिन सोमबार १.१२ अंकले ओरालो लागेको छ । नेप्सेमा गिरावट आएसँगै सोमबार कारोबार रकम पनि आइतबारको तुलनामा कम भयो ।
शेयर बजारमा सोमबार कारोबार बन्द हुँदा नेप्से परिसूचक १२५८.२३ अंकमा अडियो । बजारमा बिक्रीको चाप बढेका कारण समेत नेप्से परिसूचक ओरालो लागेको विश्लेषण गरिएको छ । धेरै लगानीकर्ताले आफूसँगको शेयर बिक्री गरेर सो रकम नेपाल इन्भेष्टमेन्ट बैंकको एफपीओमा लगानी गर्न चाहेका कारण समेत खरीद घटी नेप्से परिसूचकमा त्यसको प्रभाव परेको देखिएको छ ।
सोमबार बजार खुल्दा नेप्से परिसूचक १२५९.३० अंक थियो । सोमबार ९ लाख कित्ता शेयर २ हजार २ सय २९ कारोबारबाट किनबेच हुँदा ४० करोड ३३ लाख पूँजी परिचालन भयो । एकसय १८ कम्पनीको शेयर कारोबार भएको दिन होटल, फाइनान्स र बैंकिङ समूहबाहेक अन्य सबै समूहका सूचक रातो देखिए ।
सोमबार सेन्सेटिभ इण्डेक्स र फ्लट इण्डेक्स क्रमशः ०.१५ र ०.०३ प्रतिशतले बढ्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19