काठमाण्डौ । नेरुडे लुघवित्त विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा ९ करोड ४६ लाख खूद नाफा आर्जन गरेको छ । यो माइक्रोफाइनान्सले अघिल्लो वर्ष ८ करोड १० लाख नाफा कमाएको थियो । 

अघिल्लो वर्ष २४ करोड ६३ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ३१ करोड ६१ लखको उचाईमा पुुगेको छ । 

यो अवधिमा नेरुडेले १ अर्ब ६४ करोड सापटी लिई तथा १ अर्ब १३ करोड निक्षेप संकलन गरी ३ अर्ब ९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ अर्ब सापटी लिई तथा ८१ करोड निक्षेप संकलन गी २ अर्ब ९ करोड कर्जा परिचालन गरेको थियो । 

यो कम्पनीले जगेडा कोषलाई करिब तीनगुणाले बढाएको छ । अघिल्लो वर्ष ११ करोड ८८ लाख रुपैयाँ रहेको कोषमा यो वर्ष ३९ करोड ६६ लाख रुपैयाँ पुुगेको छ । यो माइक्रोफाइनान्सको चुक्तापूँजी ३० करोड ६० लाख रुपैयाँ रहेको छ । 

नेरुडेले अघिल्लो वर्ष १.०९ प्रतिशतमा रहेको निस्क्रिय कर्जा अनुपातलाई घटाएर ०.८७ प्रतिशतमा झारेको छ । 

यो अवधिमा यो माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ३०.९४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२९.६२ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य १२८८.३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४१.५३ गुणा कायम भएको छ ।