काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स र गण्डकी विकास बैंकबीच बिहीबार बैंकासुरेन्स सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेशनल लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र गण्डकी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार उक्त बैंकका सम्पूर्ण शाखाहरु मार्फत नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका सबै बीमालेखहरु खरीद गर्न सकिने ब्यवस्था गरिएको छ । साथै अन्य आवश्यक जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु उपलब्ध हुनेछन् । सो हस्ताक्षर समारोहमा दुबै प्रमुख कार्यकारी अधिकृतहरुले यसबाट सर्वसाधारणको बीमा सेवाको पहुचमा बृद्धि गर्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago