काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको फागुन १ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश घोषणा गर्नुका साथै वार्षिक साधारणसभा पनि डोकेको छ।
कम्पनीले चुक्तापुँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको कुल १९.५ प्रतिशतले हुन आउने २७ करोड १ लाख ११ हजार ३०९ रुपैयाँबराबरको लाभांश घोषणा गरेको छ। जसमा १८.५२५ प्रतिशतले हुन आउने २५ करोड ६६ लाख ५ हजार ७४३.५५ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.९७५ प्रतिशतले हुन आउने १ करोड ३५ लाख ५ हजार ५६५.४५ रुपैयाँबराबरको नगद लाभांश छन्।
सोही बैठकले कम्पनीको २५ औँ वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको नयाँबानेश्वरमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि घोषणा लाभांश पारित गर्नेछ। बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
हकप्रद सेयर जारी गर्नका लागि नियमनकारी निकायबाट संशोधन, थपघट वा परिवर्तन गर्न कुनै निर्देशन भएमा सो कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले सुनकोशी हाइड्रोपावर कम्पनीलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन छलफल गरी अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही फागुन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19