काठमाण्डौ । धादिङ मुख्य कार्यालय रहेको नेशनल माइक्रो फाइनान्स बित्तीय संस्थाले आर्थिक वर्ष २०७३/७४ मा ७ करोड २१ लाख खूद नाफा आर्जन गरेको छ । 

अघिल्लो वर्ष यो माइक्रोफाइनान्सको नाफा ४ करोड मात्र थियो । 

व्यवसाय बिस्तारमा राम्रो सफलता हासिल गरेका कारण खूद ब्याज आम्दानी १४ करोडको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८ करोड ४८ लाख मात्र थियो । 

यो अवधिमा नेशनल माइक्रोफाइनान्सले ११ करोड ३३ लाख संचालन मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा ६ करोड ४२ लाख मात्र थियो । 

यो अवधिमा नेशनलले १ अर्ब ३५ करोड सापटी लिई तथा ३२ करोड ६० लाख निक्षेप संकलन गरी १ अर्ब ६२ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ७३ करोड ४५ लाख सापटी लिई तथा १० करोड २५ लाख निक्षेप संकलन गरी ८७ करोड ७६ लाख कर्जा प्रवाह गरेको थियो । 

अघिल्लो वर्ष ०.६९ प्रतिशतको अनुपातमा रहेको निस्क्रिय कर्जालाई घटाएर यो माइक्रोफाइनान्स कम्पनीले ०.४७ प्रतिशतमा झारेको छ भने यसको कस्ट अफ फण्ड पनि बढेको छ । अघिल्लो वर्ष ५.२७ प्रतिशत रहेको कस्ट अफ फण्ड यो वर्ष ७.०५ प्रतिशत पुुगेको हो । 

नेशनल माइक्रो फाइनान्सको वार्षिक प्रति सेयर आम्दानी ७२.११ रुपैयाँ, प्रति सेयर नेटवर्थ २२०.२४ रुपैयाँ, मूल्य आम्दानी अनुपात २३.७७ गुणा र प्रति सेयर कुल सम्पत्तिको मूल्य १९८२.५४ रुपैयाँ कायम भएको छ । 

यो माइक्रोफाइनान्सको सेयर आर्थिक वर्ष २०७३/७४ मा प्रति कित्ता ७०६ रुपैयाँबाट कारोबार सुरु भई १७१४ को उच्च मूल्यको उचाईसम्म पुुगेको छ ।