काठमाण्डौ । विषम परिस्थितिका बाबजुद नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले मुख्य वित्तीय सूचकहरुमा उत्साहजनक प्रगति भएको रिपोर्ट सार्वजनिक गरेको छ ।

यो लघुवित्तले आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमाससम्ममा १० करोड ४९ लाख ८१ हजार बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ । 

यो लघुवित्तको चुक्तापूँजी २५ करोड रुपैयाँ रहेको छ । यो हिसाबले कम्पनीले समीक्षा अवधिका लागि ४१ प्रतिशतको लाभांश क्षमता बनाएको छ । 

यो लघुवित्त कम्पनीले चौथो त्रैमाससम्ममा १४ करोड ६७ लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २० करोड ६१ लाख बढी थियो । 

यस्तै, २० करोड ९६ लाख बढी सञ्चालन मुनाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिमा ३८ करोड ११ लाख बढी खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खूद ब्याज आम्दानी ३९ करोड २२ लाख रुपैयाँ रहेको थियो । 

अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जको रुपमा २ करोड ५१ लाख रुपैयाँ छुट्याउनुपरेकोमा यो वर्ष त्यस्तो चार्ज बढेर ६ करोड ३४ लाख रुपैयाँ पुगेको छ । यसले समेत खूद नाफा र वितरणयोग्य मुनाफा केही प्रभावित भएको देखिन्छ। 

समीक्षा अवधिमा यो कम्पनीले २ अर्ब ५४ करोड बढी निक्षेप संकलन गरी तथा १५ करोड सापटी लिई ३ अर्ब ६५ करोड बढी कर्जा परिचालन गरेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५२ करोड बढी निक्षेप संकलन गरी तथा  १५ करोड नै सापटी लिई  ४ अर्ब २५ करोड बढी कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिका लागि यो कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस) ५७ रुपैयाँ ५५ पैसा रहेको छ । विषम परिस्थितिमा यति इपीएस निकै उत्साहजनक हो । 

नेष्डोले यस्तो अवस्थामा समेत खराब कर्जाको अनुपात घटाउने सफलता पाएको देखिन्छ । जसअनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ८.२२ प्रतिशत रहेको खराब कर्जाको अनुपात समीक्षा अवधिमा भने घटेर ७.७२ प्रतिशतमा सीमित बन्न पुगेको छ । 

अघिल्लो वर्ष ११.८४ प्रतिशत रहेको कष्ट अफ फण्ड पनि घटेर ९.९० प्रतिशतमा सीमित भएको छ । कोषको लागत घट्नु वित्तीय स्वास्थ्यका लागि राम्रो संकेत हो । 

कम्पनीको प्रतिसेयर नेटवर्थ ३२९.७२ रुपैयाँ, मूल्यआम्दानी अनुपात ३५.५२ गुणा रहेको छ ।