काठमाण्डौ । डेढ अर्ब भन्दा बढी नोक्सानीमा रहेको नेपालकै पहिलो बैंक नेपाल बैंक लिमीटेडले आफ्नो स्वामित्वमा रहेको अचल सम्पत्ति र विभिन्न कम्पनीमा रहेको उसको शेयर बिक्री गर्ने क्रम पछिल्लो समय बढाएको छ ।
यही क्रममा नेपाल बैंक लिमीटेडले हाल रहेको नोक्सानलाई शून्यमा झार्ने प्रयास अनुरुप सोमबार तारागाउँ रिजेन्सी होटलमा आफ्नो स्वामित्वमा रहेको ७ लाख कित्ता शेयर खुल्ला बोलकबोलबाट बिक्री गर्ने घोषणासहित बोलपत्र आह्वान गरेको छ ।
बैंकको व्यवस्थापन सेवा विभागका अनुसार प्रतिकित्ता शेयरको न्यूनतम २ सय रुपैयाँमा बोलकबोल गराएर बिक्री गर्न लागिएको हो । हाल यो होटलको शेयर प्रतिकित्ता २ सय ६० रुपैयाँको आसपासमा छ । सिद्धार्थ क्यापिटल लिमीटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको र ७ लाख कित्ता शेयरबाट न्यूनतम १४ करोड आम्दानी हुने बैंकले जनाएको छ ।
शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ सय कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण सात लाख कित्ताका लागि आवेदन दिन सकिने र रु. १० लाखसम्मको आवेदन दिनेले स्वेच्छिक रुपमा र रु १० लाख भन्दा बढी रकमको आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फारममा उल्लेख गर्नुपर्ने छ ।
न्यूनतम २ सय रुपैयाँ मूल्य तोकिए पनि सबैभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई शेयर बिक्री गरिने बैंकले जनाएको छ । कम्पनीको विद्यमान शेयरधनीले पनि यो शेयर खरीद गर्न सक्ने र उनीहरुको हकमा भने आवेदन पेश गर्दा शेरधनी नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यो शेयरका लागि पेश ग।िएको शिलबन्दी आवेदन जेठ ९ गते आइतबार अपरान्ह ३ बजेभित्र बिक्री प्रबन्धक सिद्र्धा क्यापिटल लिमीटेडको अनामनगरस्थित हनुमानस्थान भवनमा रहेको मर्चेन्ट बैकिंग कार्यालयमा दर्ता भइसक्नुपर्ने बताइएको छ । बोलपत्र चाहि जेठ १० गते खोलिने बताइएको छ ।
होटल स्थापना गर्दा दिएको कर्जालाई बैंकहरुले सेयर परिणत गरेर बैंकहरु तारागाउँ रिजेन्सी होटलका सेयरधनी भएका थिए । यस अघि स्ट्याण्डर्ड चार्टर्ड बैंकले यस्तो सेयर बिक्री गरिसकेको छ ।
यसअघि, बैंकको नोक्सानी घटाउनैका लागि नेपाल इन्स्योरेन्समा बैंकले होल्ड गरेको ५० प्रतिशत शेयरमध्ये करिब ३५ प्रतिशत अर्थात १० लाख कित्ता शेयर बिक्रीका लागि बैंकले सूचना नै प्रकाशित गरिसकेको छ । न्यूनतम प्रति कित्ता ४ सय रुपैयाँ नघट्ने गरी शेयर खरीदका लागि बोलपत्र आह्वान गरिएको थियो । यी शेयर बिक्रीबाट ५० करोड भन्दा बढी प्राप्त हुनेछ । बैंकले नागरिक लगानी कोषमा रहेको करिब एक अर्बको शेयर बिक्रीका लागि समेत आफ्नो तर्फबाट काम सकेर सरकार तथा कोषलाई अनुरोध गरिसकेको छ । बैंकको राष्ट्रिय बिमा कम्पनीमा समेत करिब ७० करोड रुपैयाँको शेयर छ । तर त्यहाँ पनि प्रक्रियागत अप्ठ्यारोका कारण भनेको समयमा(तत्काल) त्यो शेयर बिक्री हुने संभावना छैन । बैंकले माइनस रिजर्बमा सुधार गर्नैका लागि दमौली लगायतका ठाउँमा रहेका जग्गाहरुको बिक्रीलाई समेत प्राथमिकतामा राखेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19