काठमाण्डौ । नौलो र फरक सुविधासहित प्रभू ग्रुपले ‘प्रभू पे’ नामक डिजिटल वालेटको सुरुवात गरेको छ ।
बिहीबार काठमाण्डौको लाजिम्पाटस्थित होटल सांग्रीलामा एक समारोहका बीच प्रभू ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले एक समारोहका बीच वालेटको प्रयोग गरी औपचारिक सुरुवात गरेका हुन् ।
कम्पनीले हाल अस्तित्वमा रहेका पेमेन्ट गेट्वेको तुलनामा 'प्रभू पे'ले नौलो र फरक सुविधा ल्याएको दाबी गरेको छ ।
यसलाई आफ्नो मोवाइलमा डाउनलोड गरेपछि पैसासँग सम्बन्धित सम्पूर्ण कार्यहरुजस्तै कुनै पनि बैंक तथा बित्तीय संस्थाको खाताबाट पैसा टान्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभू टिभी रिचार्ज गर्न, मोवाइल रिचार्ज गर्न, एनसीएचएल डिपोजिट गर्न सहज हुने बताइएको छ ।
यसबाट अनलाइन मात्र नभई युनियन पे र क्यूआर कोड स्क्यानमार्फत पनि पैसा तिर्न सकिन्छ ।
यसैगरी, 'प्रभू पे'ले नियमित ग्राहकलाई १० लाखसम्मको दुर्घटना बिमाको सुविधा पनि दिएको छ भने अरुलाई रिफर गरेबापत प्रत्येक रिफरमा रु. ३० बराबरको ब्यालेन्स दिने बताइएको छ । 'प्रभू पे'को आफ्नै अलग्गै च्याट सिस्टमको सुविधा पनि रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।
कार्यक्रममा 'प्रभू पे'का संचालक कुसुम लामाले चरणबद्ध रुपमा 'प्रभू पे'को प्रयोग गर्ने तरिकाका बारेमा जानकारी गराएकी थिइन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19