काठमाण्डौ । विश्वभरका देशहरुले कोरोनाको नियन्त्रणका लागि भन्दै लकडाउन गर्ने निर्णय गरिरहँदा अमेरीका भने त्यसो नगर्ने पक्षमा देखिएको छ ।
यतिबेला नेपालसहित भारत, बेलायत, स्पेन, इटली र अन्य देशहरु लकडानमा छन् । तर यी देशभन्दा ठीक उल्टो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लकडाउनले देशको अर्थतन्त्र चौपट हुुनसक्ने भन्दै लकडाउन नगर्ने संकेत दिएका छन् । जब कि विश्व स्वास्थ्य संगठनले अमेरिकालाई कोरोनाको अर्काे इपिसेन्टर हुुनसक्ने भन्दै चेतावनी दिएको छ ।
अमेरिकामा कोरोनाभाइरस तीव्र गतिमा फैलिरहँदा ट्रम्प भने अर्काे महिनादेखि अमेरिकी जनताका लागि सुन्दर दिनको सुुरुवात हुुने भन्दै अभिव्यक्ति दिइरहेका छन् ।
अमेरिकामा ५५ हजारमा कोरोनाको संक्रमण देखिसकेको छ भने ७७५ जनाको मृत्युु भइसकेको छ । यसरी अमेरिकामा कोरोनाले कहर मच्चाइरहँदा ट्रम्प किन लकडाउन गर्नबाट पन्छिरहेका छन ? उनको अमेरिका लकडाउन नगर्ने मनसायको पछाडि कस्तो कारण लुुकेको छ ? यि प्रश्नको जवाफ सर्वत्र चासोको विषय बनेको छ ।
ट्रम्पको दिमागमा के चलिरहेको छ ?
मंगलबार फक्स न्युुजलाई दिएको अन्र्तवार्तामा ट्रम्पले इसाइहरुको चाड इस्टरभन्दा अघिसम्म अमेरिकाको स्थिति सामान्य नै रहेको बताएका छन् । इस्टर १२ अप्रिलमा परेको छ । अन्र्तवार्तामा इस्टर आफ्ना लागि विशेष रहेको र त्यो दिन अमेरिकाका चर्चहरु भरीभराउ हुुने ट्रम्पले भनेका छन् ।
यसैबीचमा उनले कोरोनाले देशका कलकारखाना बन्द रहे त्यसले देशको अर्थतन्त्रमा गम्भीर असर पार्ने चिन्ता प्रकट गरे । जानकारका अनुुसार कोरोनाले अमेरिकाको अर्थतन्त्र तहसनहस हुुन्छ भनेर ट्रम्प चिन्तित भएका छन् । त्यसैले लकडाउन जस्तो महत्वपूर्ण निर्णय लिँदा उनी यसतर्फ सजग देखिन्छन ।
ट्रम्पले दिएको यस्तो अन्तर्वार्ताले विवाद सिर्जना गर्नसक्ने पूर्वानुुमान लगाएको राष्ट्रपतिको कार्यालयले ट्रम्पको उक्त अभिव्यक्ति पछिको प्रेस ब्रिफिङमा न्युुयोर्क र बाँकी अमेरिकामा फैलिएको कोरोनाभाइरसलाई नजरअन्दाज गर्न नमिल्ने बताएको छ ।
न्युुयोर्कमा मात्रै कोरोना संक्रमितको संख्या २५ हजार पुुगेको छ । जुुन पुुरै अमेरिकाको तुुलनामा आधा हो । ट्रम्पले अमेरिकामा लागेको प्रतिबन्ध फुुकुुवा गर्ने कुुरा गरिरहँदा उता केही प्रान्तहरुले भने लकडाउन गरिरहेका छन् । मंगलबार विस्कोन्सिन, डेलावेयर, मासाच्युुसचेट्स, न्युु मेक्सिको, वेस्ट भर्जिनिया, र इन्डियानाले मानिसहरुलाई घरभित्रै बस्न निर्देशन दिएका छन् । अर्थात अमेरिकाका १७ प्रान्तमा लकडाउनको घोषणा भइसकेको छ ।
व्यापारको गणित
अमेरिकाको अवस्था दिनानुुदिन बिग्रिरहँदा ट्रम्पले दिइरहेका अभिव्यक्तिले के तर्फ संकेत गरिहेको छ भनेर विश्वभर चासो बढेको छ ।
पछिल्ला केही दिनदेखि अमेरिकी अधिकारीहरु कोरोनाको संक्रमणको प्रचार रोक्ने कुुरा गरिरहेका छन् । यसका लागि अमेरिकी हेल्थ केयरलाई दवाब पनि दिइँदैछ । साथमा अर्थतन्त्रको संकटलाई पनि जोडतोडका साथ अगाडि ल्याइँदैछ ।
गएको साता अमेरिकी अर्थमन्त्रीले कोरोनाले गर्दा बेरोजगारी दर २० प्रतिशतसम्म पुुग्न सक्ने बताएका थिए । गोल्डम्यानले तेस्रो त्रैमासमा अमेरिकाको जिडिपीमा २४ प्रतिशतको गिरावट आउने प्रक्षेपण गरेको छ । यसअघि अमेरिकाको जीडीपीमा सन् १९५८ मा १० प्रतिशतको गिरावट आएको थियो ।
यी अन्योल र संकटका बीच अमेरिकी राष्ट्रपतिले अमेरिका व्यापारका लागि खुला रहिरहने बताइरहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago