काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाण्डौ महानगरपालिका खिचापोखरीस्थित न्युरोडमा आफ्नोे ६१ औं शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । 

बैंकका अध्यक्ष सुदीप आचार्य, संचालक विश्वेश्वर सुवेदी तथा काम प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले एक समारोहका बीच सो शाखाको कारोबार संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । 

सो समारोहमा कामू सीइओ बस्नेतले बैंकले विभिन्न शहर तथा  ग्रामीण भेग लगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताए ।

काठमाण्डौको बानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६१ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । 

बैंकले एबीबिएस, एसएमस बैंकिङ, मोवाइल बैंकिङ, सीआस्वा लगायतका सेवा समेत प्रवाह गर्दै आएको छ ।