काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कुनै पनि कर्जा पछिल्लो ३ महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न नपाइने व्यवस्था गरेको छ। 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो। जसअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले कुनै पनि कर्जा पछिल्लो ३ महिनाको औसत आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न पाउने छैनन्। 

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहले आफ्नो कार्यक्रमअन्तर्गतको वा कुनै दातृ निकायबाट प्राप्त सहुलियत दरको सहायता वा अनुदान रकमलाई बैंक तथा वित्तीय संस्थामार्फत तोकिएको क्षेत्र एवं वर्गमा ऋण पचिालन हुने गरी सञ्चालन गरेको कार्यक्रमअन्तर्गतको कर्जा औसत आधारदरभन्दा कम ब्याजदरमा प्रवाह गर्न भने यो व्यवस्थाले बाधा नपुर्याउने राष्ट्र बैंकले स्पष्ट पारेको छ। 

यसअघि यो व्यवस्था रहेको थिएन।