काठमाण्डौ । नेपालका विभिन्न बैंकमा वित्तीय घोटालाका मुद्दाहरु छिटफुट रुपमा आइरहेकै बेला भारतमा भने यो वर्षको पहिलो ६ महिना यस्ता मुद्दाहरु झन्डै ६ हजारको संख्यामा देखा परेका छन् ।
वित्तीय घोटाला यस्ता मुद्दाले भारत सरकारका लागि टाउको दुःखाइको विषय बनेको छ भने उता आर्थिक सुरक्षाको मुख्य स्रोतका रुपमा रहेका बैंक तथा वित्तीय संस्थाप्रति जनताको विश्वास उठ्न थालेको छ ।
भारतको सरकारी बैंकहरुमै आर्थिक वर्ष २०१९/२० को पहिलो ६ महिनामा बैंक फ्रडका ५ हजार ७४३ मुद्दा बाहिर आएका छन् । यो आँकडाले भारतमा हरेक दिन करिब ३२ बैंक फ्रडका मुद्दा देखिन थालेका छन् ।
भारतकी वित्तमन्त्री निर्मला सीतारमनले मंगलबार संसदलाई सम्बोधन गर्दै बैंक फ्रडका मुद्दा बढ्दै गएकोमा चिन्ता व्यक्ति गरिन् । उनले चालु आर्थिक वर्षको ६ महिनामा सरकारी बैंकहरुमा करिब १३.३४ बिलियन डलर अर्थात् भारु ९५ हजार करोड (नेरु १.५२ लाख करोड) रुपैयाँ घोटाला भएको जानकारी गराइन्।
सीतारमनले बैंक फ्रडका घटना रोक्नका लागि केही कदम उठाइएको पनि सदनमा जानकारी गराइन् । उनले पछिल्लो दुई आर्थिक वर्षमा बैंक फ्रडमा मुछिएका करिब ३ लाख ३८ हजारजनाको बैंक अकाउन्ट रोक्का गरिएको पनि बताइन् ।
भारत सरकारले हालै बैंकिङ फ्रडकाण्ड गरेर भाग्नेहरुको सम्पत्ति जफत गर्नका लागि इकोनोमिक अफेन्डर्स याक्ट ल्याएको छ । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago