काठमाण्डौ । भारतको पञ्जाबमा कोरोना संक्रमित प्रहरीका एसपीको उपचारको क्रममा मृत्यु भएको छ । 

लुधियानाका एसपी अनिल कोहलीको अपोलो अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ । 

उनलाई लुधियानाकै एसपीएस अस्पतालमा प्लाज्मा थेरापी दिन लागिएको थियो । तर, यो प्रक्रिया सुरु हुनुअघि नै उनको मृत्यु भएको हो । 

मुख्यमन्त्री अमरिन्दर सिंहले एसपी अनिल कोहलीको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । 

केही दिनअघि मात्रै एसपीमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो। 

रिपोर्टका अनुसार ५२ वर्षीय एसपीले तत्कालै कुनै पनि देश वा राज्यको यात्रा पनि गरेका थिएनन् । 

शुक्रबार पञ्जाब सरकारले एक प्रेस नोट जारी गर्दै भनेको थियो कि एसपी कोहलीमा प्लाज्मा थेरापी गरिनेछ । यदि यो संभव भएको थियो भने राज्यमा प्लाज्मा थेरापी लिनेमा उनी पहिलो कोरोना संक्रमित बन्ने थिए । 

यसैबीच, एसपीको सम्पर्कमा आएका सबै व्यक्तिको कोरोना टेस्ट गर्न थालिएको छ । यसमा उनका परिवारका सदस्यहरु समेत सामेल छन्।